Skip This
असोज १ गते राष्ट्रिय शोक मनाइने, सार्वजनिक बिदा हुने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असोज १ गते राष्ट्रिय शोक मनाइने, सार्वजनिक बिदा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:११:oo

मन्त्रिपरिषद् बैठकले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको स्मरणमा शोक दिवस मनाउने निर्णय गरेको हो। १ गते सार्वजनिक बिदाको दिने निर्णयसमेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए । 

बैठकले आन्दोलनका विषयमा भएको ज्यादतीको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ। 

यस्ता छन् निर्णयहरू 
१. जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने 

२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने 

३.आन्दोलनमा ज्यान गुमाएकोहरुको राष्ट्रिय सम्मेनसहित अन्तेष्टि गर्ने 

४. मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपुर्ति र अन्य खर्च वापत ५ लाख दिने 

५.घाइतेहरुको निशुल्क उपचार गर्ने 

६.शव लैजानका लागि निशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने 

७.आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने 

८.सहादत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने 

९.अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्न