मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १६ सोमबार o९:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यो दसैँमा पनि नयाँ होइन, सुकिला नोट पाइने

२९ भदौदेखि १० असोजसम्म सुकिला नोट साट्न पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार o९:oo:oo

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा पनि नयाँ नोटको सटही सुविधा नदिने भएको छ । केन्द्रीय बैंकले यस वर्ष पनि गत वर्षमा जस्तै सुकिला नोटको सटही सुविधा दिने भएको हो । 

राष्ट्र बैंकले विगतका दसैँमा नयाँ नोटको सटही सुविधा दिने गरेको गरेको भए पनि गत वर्षदेखि सुकिला नोट दिन थालेको हो । यो वर्ष आगामी २९ भदौदेखि १० असोजसम्म नोटको सटही सुविधा दिने भन्दै राष्ट्र बैंकले आइतबार सूचना प्रकाशन गरेको छ । 

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी)मा मुद्रा सटही सुविधा पाइनेछ । यस्तै, बैंक तथा संस्थाहरूमा गएर पनि नोट सटही सुविधा पाइने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

छुटाउनुभयो की ?