मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १५ आइतबार ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ कृषि कम्पनीले गर्‍यो थोक कृषि बजारसम्बन्धी कार्यशाला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार ११:o७:oo

मुक्तिनाथ कृषि कम्पनीले आधुनिक थोक कृषि बजारसम्बन्धी कार्यशाला आयोजना गरेको छ । कम्पनीले अन्तर्राष्ट्रियस्तरको आधुनिक थोक कृषि बजार स्थापना र सञ्चालनको औचित्य, आवश्यकता र लगानी प्रवद्र्धनका लागि कार्यशाला आयोजना गरेको हो ।

कार्यशाला कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजना र डिएफसिडी–एनएनभी परियोजनाको सहयोगमा भएको हो । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकालले किसानले गरेको उत्पादनको बाइब्याक ग्यारेन्टी गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रियस्तरको थोक बजार आवश्यक रहेकाले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था चुनौती र अवसरबारे प्रस्तुतीकरण दिइएको थियो । 

कृषिमन्त्री रामनाथ अधिकारीले साना किसानको जीवनस्तर उकास्न र ठुला किसानलाई सेवा दिने दिशामा निजी क्षेत्र लाग्नुपर्ने बताए । यसका लागि मुक्तिनाथ कृषि कम्पनीले सुरु गरेको अभियानमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाए । साथै, कम्पनीले भिडियोमार्फत सरकारले जग्गाको व्यवस्थापन र कृषि बजारसम्बन्धी स्पष्ट कानुन जारी गरेमा १० अर्ब पुँजी लगानी गर्न तयार रहेको सन्देशसमेत दिएको छ ।

छुटाउनुभयो की ?