मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ९ सोमबार १५:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा नेपालका अध्यक्ष थापासँग इजरायलका राजदूतको शिष्टाचार भेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार १५:५७:oo

नेपालका लागि इजरायलका राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनकै निवास बुढानीलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्रीसमेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिँदो भूराजनीतिक आयामहरू र यसले थपेका जटिलताहरूले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्दै राजदूतले राखेका सरोकारका विषयहरूमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्‍याउने बताए । साथै क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रूपमा इजरायलले चालू युद्धको समाप्तिलगायत स्थायी शान्तिका लागि आवश्यक महत्त्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वाससमेत व्यक्त गरे ।

इजरायलले नेपाली श्रमिकहरूलाई रोजगारीको अवसर उपलब्ध गराएको, विद्यार्थीहरूलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पुर्‍याएको सहयोगका लागि थापाले धन्यवादसमेत व्यक्त गरेका थिए । हमासको बन्धकको रूपमा रहेका विपिन जोशीको रिहाइका लागि आवश्यक पहललगायत गाजामा देखिएको भोकमरीलगायतका मानवीय संकट यथाशीघ्र समाधानका लागि उनले सम्बद्ध इजरायली पक्षसँग अनुरोध गरेका छन् ।    

भेटका क्रममा राजदूतले हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको विषय र एकजना विपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख व्यक्त गरे । साथै ६७० दिनसम्म पनि विपिनलगायत बन्धकहरूलाई छुटाउन नसकिएकोमा समेत उनले दुःख व्यक्त गरेका छन्  ।

हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेको जसमध्ये २० जना जीवितै रहेको कुरा बताए । विपिन जोशीको आमा र बहिनीलाई इजरायल लगेर बन्धक छुटाउन अन्तर्राष्ट्रिय रूपमा दवाव दिन प्रयास गरिएकोसमेत उनले बताए ।

नेपाल र इजरायलबिचको कूटनीतिक सम्बन्धको चर्चा गर्दै आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रका पक्षमा इजरायलले सहयोग गर्दै आएको स्मरण गरे । विपिनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एन्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनको लागि इजरायल जाने विद्यार्थीलाई जानबाट रोकेको भन्दै विद्यार्थीहरूको हित र रक्षामा इजरायल सरकार सचेत रहेकाले यस किसिमको रोक हटाइदिन राजदुतले अनुरोध गरे । भेटका क्रममा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यसचिव राजाराम बर्तौला ‘चुनेली’को पनि उपस्थिति रहेको थियो ।