मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३ मंगलबार २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वश्रीमतीको उजुरीको आधारमा इन्स्पेक्टर पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार २o:४७:oo

पूर्वश्रीमतीले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ पक्राउ परेका छन्। ललितपुर प्रहरीले उनलाई मंगलबार पक्राउ गरी जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ । 

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । 

केही दिनअघि गुरुङ पूर्वश्रीमतीको घरमा गएर झगडा गरेको र कुटेको भन्दै जाहेरी परेको थियो । आफूमाथि बलात्कारसमेत गरेको भनेर उनले जाहेरी दिएकी छिन् । इन्स्पेक्टर गुरुङले भने आफू बच्चा भेट्न जाँदा विवाद हुँदा कुटाकुट भएको र आफूविरुद्धको जाहेरी रिसइबीका आधारमा दायर भएको बताएका छन् । इन्स्पेक्टर गुरुङ १ नम्बर गणमा कार्यरत छन् ।