मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३ मंगलबार १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुखको अमेरिका भ्रमणमाथि सत्तापक्षले प्रश्न उठायो

संसदको जानकारीविनै भ्रमणमा गएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १६:४५:oo

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीमा रहेका कांग्रेस–एमालेसहित सत्तापक्षले उनको अमेरिका भ्रमण नै अपारदर्शी भएको भन्दै गम्भीर प्रश्न उठाएका छन्।

सामान्यतया सभामुख र उपसभामुखले संसदीय मामिलामा विदेश भ्रमण गर्ने चलन रहे पनि रानाको अहिलेको भ्रमण नै अपारदर्शी रहेको भन्दै सत्तापक्षले प्रश्न उठाएका हुन्। रानाको सचिवालयले भने उनी निजी भ्रमणको सिलसिलामा अमेरिका गएको बताएको छ। ३० साउनमा अमेरिका गएकी राना १३ भदौमा स्वदेश फर्किँदै छिन्।

‘उहाँको भ्रमण संसदीय मामिलामा हुनुपर्ने हो। तर, कुन मामिलामा अमेरिका जानुभएको हो ? विषयहरू गञ्जागोल भए। भ्रमण अपारदर्शी भयो,’ सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘निजी हो कि संसदीय मामिला ? या कुन कार्यक्रममा जानुभएको हो ? त्यो विषय पनि संसद्लाई कुनै जानकारी छैन। सामान्यतया उपसभामुखको भ्रमण निजी हुँदैन, टोलीमा सांसदहरू पनि हुनुपर्ने हो। त्यसैले अहिले उहाँको भ्रमणमाथि नै स्वतः प्रश्न उठेको छ, यसबारे रास्वपाले पनि अहिलेसम्म प्रस्ट पारेको छैन।’

सरकारका मन्त्री र अरू सांसदहरूबारे प्रश्न उठ्दा छानबिन समिति बनेर छानबिन भएको र कतिपयलाई कारबाहीसम्म भए पनि संसद्कै गरिमामाथि आँच पुग्ने भिजिट भिसा दुरुपयोगमा मुछिएकी उपसभामुख रानामाथि छानबिनका लागि समेत रास्वपा तयार नभएको उनीहरूको आरोप छ।

‘उहाँले किन लेटरहेड दुरुपयोग गर्नुभयो ? किन सिफारिस गर्नुभयो ? त्यो संसद्ले छानबिन गरेर निरुपण गर्नुपर्ने मामिला हो। त्यसमा रास्वपाको भनाइ के छ ? हामी जान्न चाहान्छौँ,’ बर्तौलाले भने।