मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३ मंगलबार १७:o४:oo
Read Time : < 1 मिनेट
सप्तरंग

गीतकार नारायण खतिवडाको ब्यङ्गात्मक तीज गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १७:o४:oo

गीतकार नारायण खतिवडाको ब्यङ्गात्मक गीति शैलीको तीज गीत र भिडियो नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यूट्यूवसहित अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा सार्वजनिक गरिएको छ ।  

आजभोली स्वतन्त्रताको आडमा स्वच्छन्दता बढ्दै गएर बिकृत  बनेको विषयलाई उनले गीतमा उतारेका छन् । ‘तीज बरि लै’ शीर्षकमा सार्वजनिक गरिएको भिडियोको निर्देशन गीतकार   खतिवडा आफैले गरेका हुन्। 

 नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वहरूको सास्कृतिक पक्ष कमजोर बन्दै गएको अवस्थालाई चित्रण गरिएको  गीतकार खतिवडा बताउँछन् ।  गीतको भिडियोमा रन्जु मिश्र,  सहारा कोईराला र  बिदेश मार्शलको मुख्य भूमिकाको रूपमा अभिनय रहेको छ । स्टूडियो किङ्ममा रेकर्ड गरिएको गीतको छायाङ्कन अर्जुन कटवाल, कोरियोग्राफी सन्जिला सुमित्रा रहेको छ भने  बिकास धमलाको दृष्य सम्पादन रहेको छ ।