मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
२o८२ भदौ ३ मंगलबार १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, सातजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १८:२१:oo

मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोन रहेका छन्।

मंगलबार अपराह्न करिब साढे ४ बजे स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजका क्रममा चट्याङ लागी ब्लानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

उक्त घटनामा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान र ३७ वर्षीय राजकुमार घलान घाइते भएका छन्। यस्तै चितवन जिल्लाको राप्ति नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान पनि घाइते भएका छन्। उनीहरूको टाउको, हात र खुट्टामा सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि मनहरी अस्पताल पठाइएको छ भने घटनास्थललाई प्रहरी टोलीले सुरक्षित राखेको छ। कानुनी प्रकृया अघि बढाउन इलाका प्रहरी कार्यालय मनहरीबाट थप प्रहरी टोली खटाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।