
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले खाली कागजमा हस्ताक्षर गराएको विषयको खण्डन गरेका छन् । मंगलबार संसदीय दलको कार्यालयमा पत्रकारले सोधेको प्रश्नमा उनले भरी कागजमा हस्ताक्षर गर्दा त समस्या आउँछ भने खाली कागजमा कसरी हस्ताक्षर हुन्छ ? भनेर खण्डन गरे ।
उनले उपसभामुख इन्दिरा रानाको महाभियोग दर्ताको लागि हस्ताक्षर भएको जनाएका छन् । उनले एकचौथाइले दर्ता हुने र बहुमतले निलम्बन हुने भन्दै महाभियोग प्रमाण्ति हुनचाहिँ दुईतिहाइ बहुमत चाहिने बताए । महाधियोग लाग्ने–नलगाग्ने भन्ने कुराकाे विषयमा छलफल भइरहेको बताए ।