Skip This
पुरानो प्लास्टिकको नयाँ स्वरूप
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २४ शनिबार १o:४५:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

पुरानो प्लास्टिकको नयाँ स्वरूप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १o:४५:oo

फोटो कथा

हाम्रासामु प्लास्टिक प्रदूषण एक विकराल समस्या बनेर उभिएको छ । प्लास्टिकको अत्यधिक र अव्यवस्थित प्रयोगले यो संकटलाई झन् भयावह बनाएको छ । नेपालजस्तो विकासोन्मुख देश यो समस्याको दलदलमा गहिरोसँग फसेको छ । काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा दैनिक २,७०० टन फोहोर उत्पादन हुन्छ, जसमध्ये १२ प्रतिशत (लगभग ३२४ टन) प्लास्टिकजन्य फोहोर हुन्छ । काठमाडौंमा मात्र दैनिक ५५ टन प्लास्टिक फोहोर उत्पन्न हुने अनुमान छ, जसको अधिकांश हिस्सा अव्यवस्थित ल्यान्डफिल साइटमा पुग्छ वा नदी, नाला, कृषि भूमि र पर्यटकीय क्षेत्रमा जथाभावी फालिन्छ ।

प्लास्टिक प्रदूषणले जैविक विविधतामा गम्भीर असर पारेको छ । जनावरहरूले प्लास्टिक निल्ने, त्यसमा अल्झिने वा वासस्थान प्रदूषित हुने समस्या यत्रतत्र छ । माइक्रोप्लास्टिक र रासायनिक प्रदूषणले मानव स्वास्थ्यमा जोखिम निम्त्याएको छ ।

नेपाल सरकारले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि नीतिगत प्रयास गरेको छ । सन् २०१५ मा काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा प्रतिबन्ध लगायो । सन् २०२१ मा वातावरण संरक्षण ऐन, २०७६ मार्फत प्लास्टिकको उत्पादन, बिक्री– वितरणमा कडाइ गर्ने प्रयास गर्‍यो । तर, यी नियमको प्रभावकारी कार्यान्वयन भएको छैन । प्रतिबन्धित प्लास्टिक माला र फूल बजारमा अझै प्रशस्त उपलब्ध छन् । वातावरण संरक्षण ऐनले स्थानीय तहहरूलाई फोहोर संकलन र पुन: प्रशोधनको जिम्मेवारी दिए पनि स्रोत, जनशक्ति र प्राविधिक क्षमताको अभावले यो जिम्मेवारी पूरा हुन सकेको छैन ।

प्लास्टिक प्रदूषणविरुद्ध लड्न विभिन्न गैरसरकारी संस्था सक्रिय छन् । हिमाली र पहाडी क्षेत्रमा काम गर्ने ‘राहुल बिसाख्य परामेन्दो’का सिइओले जनचेतनाको कमी र नीतिगत अस्पष्टताले समस्या जटिल बनेको बताउँछन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर संकलन गर्ने पिएसडी नेपालका निर्देशक विष्णु भट्टले सरकारले यो विषयमा ध्यान नदिएको बताउँछन् । यो संस्थाले स्याफ्रुबेँसीमा संकलन केन्द्र स्थापना गरी ‘एक बोतल, एक रुपैयाँ’ अभियान चलाएको छ, तर स्थानीय तहहरूले प्रदान गरिएका उपकरणको प्रयोग नगरेको र पर्यटक शुल्कबाट फोहोर व्यवस्थापनमा लगानी नगरेको उनको गुनासो छ । निकुञ्जको प्लास्टिक फोहोर पोखराका निजी उद्योगलाई बेच्ने गरेको छ ।

तर, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको वातावरण विभागको दाबी छ । विभाग प्लास्टिक नियन्त्रण गर्न सरकार, स्थानीय तह, सर्वसाधारण र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक देख्छ । 

वैकल्पिक सामग्रीको प्रयोग र पुन: प्रशोधन प्रणालीमा सुधार अपरिहार्य छ । नेपाल सरकारले ‘पाँच आर’ (रिड्युस, रियुज, रिसाइकल, रिफ्युज, रिकभर) अवधारणा अघि सारेको छ, तर यसको कार्यान्वयन प्रभावकारी भएको छैन । विश्व वातावरण दिवस २०२५ को नारा ‘प्लास्टिक प्रदूषणको समाधान : एकसाथ अघि बढौँ’ले सामूहिक प्रयासको महत्व उजागर गर्छ ।

विविध समस्याका बाबजुद केही राम्रा कोसिस पनि भएका छन् । राजधानीबाट केही प्लास्टिकजन्य फोहोर संकलन गरी ललितपुरको पुल्चोकमा पुर्‍याइन्छ । त्यहाँ रिसाइकल गरी घरायसी प्रयोजनका लागि उपयोगी प्लास्टिकका बोर्ड बनाइन्छ । 

भक्तपुरको लोकन्थलीमा प्लास्टिकको झोलामाच्याउ बेच्दै व्यापारी 
प्लास्टिकको झोलामा सामान बोकेका सर्वसाधारण 
लोकन्थलीकै एक निजी घरबाहिर प्लास्टिकको झोलामा राखेको फोहोर 
काठमाडौंको चोभारमा चाउचाउको प्याकेट च्यापेको काग 
बागमतीको बाढीले थुपारेको प्लास्टिकजन्य फोहोर
बागमतीमा थुप्रेको प्लास्टिकका बोतलहरू उठाउँदै बालबालिका 
ललितपुरको पुल्चोकमा निजी संस्थाले स्थापना गरेको प्लास्टिक पगाल्ने मेसिन 
मेसिनले प्लास्टिक पगालेर पुन: प्रयोगका लागि बनाइएको बोर्ड