Skip This
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २४ शनिबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १४:४८:oo

 प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका छन्। 

‘हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आम प्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन् ।