मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २४ शनिबार १९:३४:oo
Read Time : < 1 मिनेट
समाचार

गोहीको आक्रमणबाट खोलामा बेपत्ता थारूको पाँच दिनपछि शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १९:३४:oo

ठाकुरबाबा नगरपालिका–९, हात्तीसारनजिकको खौराहा खोलामा गोहीको आक्रमणबाट बेपत्ता भएका मधुवन नगरपालिका–१, कैलाशीका १९ वर्षीय रूपमिलन थारूको शव फेला परेको छ।

उनी मंगलबार साँझ करिब ५ बजेतिर खौराहा खोलामा तीनजना साथीहरूसँगै पौडी खेल्न गएका थिए। जसमध्ये थारूलाई गोहीले आक्रमण गरेको थियो । घटनालगत्तै निकुञ्ज, नेपाली सेना, चोरी सिकारी नियन्त्रण युवा परिचालन समिति र स्थानीयले खोजी गरेको थिए। तर, थारूको शव फेला परेको थिएन। निकुञ्जले थारूको खोजी गर्नका लागि हात्तीसमेत प्रयोग गर्दा पनि फेला परेको थिएन। 

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले बेपत्ता भएका थारूको शव घटना स्थलबाट दुई किलोमिटर टाढा कैलाशी गाउँनजिकको खौराहामा खोलामा फेला परेका बताए। उनले भने, ‘मृतकको शवलाई आजै बर्दिया अस्पताल गुलरिया लैजाने तयारी गरिएको छ।’