मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २४ शनिबार १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार

स्कुटर दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १९:२६:oo

उदयपुरमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार सिराहा सुखीपुर नगरपालिका–८ बस्ने ५८ वर्षीया गंगियादेवी साह सुडीको मृत्यु भएको हो।

मृतक सुडी उदयपुरको त्रियुगा नगरपालिका–६, कुमारी चोकमा स्कुटरबाट खसेर हिजो शुक्रबार गम्भीर घाइते भएकी थिइन्। दोङले भने, ‘त्यसपछि  उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी थप उपचारका लागि विराट टिचिङ अस्पताल, विराटनगर लगिएकोमा चिकित्सकले शनिबार मृत घोषणा गरेका थिए।’

मृतक सुडीका श्रीमान् जगरनाथ साह सुडीले चलाइरहेको स५प ७० नम्बरको स्कुटरमा पछाडि बसी देउरीबाट मुर्कुचीतर्फ जाँदै गरेको जाँदै गर्दा खसेर गम्भीर घाइते भएकी थिइन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।