मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण २४ शनिबार १५:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलाली कारागार घटनाः गृहमन्त्री लेखकले छलफलका लागि सुरक्षा निकायका प्रमुख बोलाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १५:४४:oo

कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन्।

कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन्। कैदीबन्दीबिच गएराति एक आपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्।

स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरूको धनगढीमै उपचार भइरहेको छ।