मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २४ शनिबार २२:१७:oo
Read Time : < 1 मिनेट
समाचार

कैलाली कारागार प्रमुख फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार २२:१७:oo

जिल्ला कारागार कैलालीको प्रमुखमा जलान्धर भुसाल नियुक्त भएका छन् । कारागार व्यवस्था विभागले बिदामा रहेका जेलर बसन्त खत्रीको ठाउँमा शनिबार भुसाललाई पठाएको छ । उनले शनिबार बेलुकीबाट जिम्मेवारी सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसअघि नौबस्ता कारागार बाँकेका प्रमुख रहेका भुसाललाई विभागले शनिबारनै कैलाली पठाएको जोशीले बताए ।

जिल्ला कारागार कैलालीमा शुक्रबार कैदीबन्दीको एक समूहले अर्को समूहलाई सुतेका बेला आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । ४८ जना घाइते भएका छन् । गम्भीर घाइते एकजनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने एकजनाको सेती प्रादेशिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।

अधिकृतको दरबन्दीमा खरिदार थिए निमित्त जेलर
अधिकृत तहको कर्मचारी जेलर रहने जिल्ला कारागारमा कैलालीमा खरिदार तहका कर्मचारीले निमित्त जेलरको जिम्मेवारीमा थिए । गत २८ असारमा कैदीबन्दीबिच झडप भएको केही दिनपछि जेलर बसन्त खत्री नासु ज्ञानेन्द्र ओझालाई निमित्त दिएर बिदामा बसेका थिए ।

ओझाले पनि दुई दिनअघि मात्र खरिदार रामकुमार चौधरीलाई निमित्तको जिम्मा दिएर विदामा थिए । घटनापछि शनिबारनै जिल्ला कारागार प्रमुख फेरिएका छन् ।