मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १५ बिहीबार १५:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला विश्वकप छनोट नेपालमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १५:२२:oo

आइसिसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ। बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले १० टोली सहभागी हुने विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुने जानकारी दिएको हो।

सहभागीलाई दुई समूहमा विभाजन गरिनेछ। हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्। जसबाट सुपर सिक्सको शीर्ष चारमा रहने टोलीले आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन्। प्रतियोगिताको खेलतालिका भने केही समयमै घोषणा गरिने आइसिसीले बताएको छ।

बंगलादेश र आयरल्यान्डले गत संस्करणको विश्वकप खेलेका कारण स्वतः ग्लोबल छनोटमा स्थान पक्का गरेका छन्। यस्तै, एसिया छनोटबाट थाइल्यान्ड र नेपाल, अमेरिकी छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका छन्। बाँकी पाँच स्थानमा अफ्रिका र युरोपबाट समान दुई र पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटबाट एक टोली आउनेछन्।

नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो। आइसिसी महिला विश्वकप १२ जुनदेखि ५ जुलाई २०२६ सम्म हुनेछ।