मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइएमबीको ‘इन्स्टेन्ट इएमआई’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार ११:५३:oo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपालमै पहिलोपटक पिओस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई (तत्काल किस्ताबन्दी) सुविधा ल्याएको छ । ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउन यो सुविधा ल्याएको बैंकले जनाएको छ ।

अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताले कुनै पनि व्यापारिक स्थानमा एनआइएमबी पिओएस मेसिनमार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन् ।

बैंकका अनुसार यो सुविधा ग्राहकले ठुलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नुपर्ने झन्झटविनै तुरुन्तै उपलब्ध हुनेछ ।

यसले विशेष गरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवा खरिद गर्न चाहने ग्राहकलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ ।