
बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँ कायम भएको छ ।