
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आगामी १५ देखि २२ कात्तिकसम्म मोफसलकै सर्वाधिक राशिको झापा महिला गोल्डकप आयोजना हुने भएको छ ।
झापालाई महिला फुटबलको हब बनाउने उद्देश्य लिएर प्रतियोगिता आयोजना हुन लागेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले सहभागिता जनाउने टुंगो लागेको थोप्राले बताए । यसैगरी, भारत र भुटानबाट समान एक टोली आउनेछन् । नेपालका प्रतिष्ठित क्लबबाट दुई र आयोजकको एक गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने अध्यक्ष थोप्राले बताए ।