
सिन्धुलीबाट रहस्यमय तरिकाले हराएका लोपोन्मुख आदिवासी हायु समुदायका १६ जना कास्कीमा भेटिएका छन्। कास्कीको पोखरा महानगरपालिका–३० गोगनगौंडास्थित स्थानीयको घरमा भेटिएका छन्।
आइतबार बिहान उनी पोखराको जननी होटलबाट निस्किएको खुलेको थियो। सिन्धुली प्रहरीसँग समन्वय गरी उनीहरुलाई घर फर्काउने तयारी भइरहेको कास्कीका एसपी श्यामलाल ओलीयाले बताए।
गोलान्जोर गाउँपालिका– ६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायुको परिवार नै तीनदिनअघि बेपत्ता भएपछि प्रहरीले सोमबारदेखि खोजी थालेको थियो।