मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ७ बुधबार o६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अध्यागमनबाट फेरि ‘सेटिङ’ सुरु ! 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार o६:२८:oo

स्रोतहरूले जनाएअनुसार फेरि पनि अध्यागमनबाट सेटिङ सुरु भइसकेको छ । ‘पहिला ट्राभल एजेन्सीमार्फत अध्यागमनमा सेटिङ हुन्थ्यो, अहिले एयरलाइन्सका कर्मचारीमार्फत हुने गरेको छ,’ विमानस्थल स्रोतले भन्यो । हालै गृह मन्त्रालयले अध्यागमन प्रमुखसहित केही अधिकृतको हेरफेर गरेको छ । पहिलेजस्तो संस्थागत रुपमा र ठूलो मात्रामा नभएपनि त्यहाँ लामो समयदेखि बस्दै आएका कर्मचारीहरुले गोप्य रुपमा सेटिङ चलाएको सूचना अख्तियार लगायत विभिन्न निकायमा पुगेको छ। 

भिजिट भिसाको नाममा भएको अवैध असुलीमा गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेको छ । यस प्रकरणमा गृहमन्त्री लेखकमाथि समेत छानबिनको माग गरी प्रतिपक्षी दलहरूले दुई महिनादेखि संसद् अवरोध गर्दै आएका छन् । तर, सरकारले भने छानबिन नै नगरी लेखकलाई उन्मुक्ति दिने प्रयास गरिरहेको छ । मन्त्री लेखक आफैँले पनि विगतदेखि नै भिजिट भिसामा मान्छेहरू विदेश उड्ने गरेको भन्दै यस विषयलाई सामान्यीकरण गरेर उम्कने प्रयास गर्दै आएका छन् । 

पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा गठित समितिलाई छानबिन गर्ने अधिकार नदिई सामान्य अध्ययन गर्ने कार्यादेश मात्रै दिइएको छ । यस प्रकरणमा आन्तरिक छानबिन गर्नसमेत गृहका अधिकारी डराएका छन् ।