मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ७ बुधबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १८:४o:oo

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै झुटाे परिचय दिई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एकजनालाई पक्राउ गरेको छ।

गृह मन्त्रालयमा करारमा जागिर लगाइदिने आश्वासन दिएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले सिन्धुलीको कमलामाई– १३ घर भई काठमाडौं–३१ नयाँबानेश्वर बस्ने ४६ वर्षीय गंगाहरि न्यौपानेलाई पक्राउ गरेको हो।

फर्जी कर्मचारी फाराम भराई रकम ठगी गरेको भन्ने काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीको आधारमा न्यौपाने कमलामाई– १३, भिमानचोकबाट पक्राउ परेका हुन्।

न्यौपानेले सैनिक अनुसन्धान तथा आचरणसम्बन्धी मुद्दामा विशेष अदालतको नक्कली किर्ते पत्र तयार गरी कारागार कार्यालयमा पेस गरी छुटेको पाइएको प्रहरीले जनाएको छ।

भिआइपी कोटामा शान्ति सेनामा पठाइदिन्छु भनी उनले चार लाख ठगी गरेको, नक्खु कारागारबाट कैदी छुटाइदिन्छु भनी १२ लाख ठगी गरेको, जग्गा बिक्री गरिदिन्छु भनी जग्गाको लालपुर्जा लिई जग्गा बिक्री गरी रकम ठगी गरेको, विभिन्न व्यक्तिलाई नेपाली सेनाको सहायक सेनानी बनाइदिन्छु भनी प्रलोभनमा पारी आपराधिक लाभ लिएको तथा काठमाडाैं जिल्ला अदालतको किर्ते फैसला बनाई लिखतसम्बन्धी कसुर गरेको देखिएको प्रहरीले जनाएको छ।