मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार १७:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीबाट रानी जमरा-कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १७:२३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा-कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुग्ने आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

कैलालीको जानकी गाउँपालिका-९, कटासेस्थित सिँचाइ नहरमा विद्युत् उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ।

राष्ट्रिय गौरवको रानी जमरा-कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरण निर्माण पूरा भएर अब तेस्रो चरणका कार्यक्रम सुरु भएको छ।

आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएको थियो। तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायत पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ।

प्रधानमन्त्री ओलीले यो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भनेका छन्। यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने उनले बताए।

ओलीले १२० वर्षअघि स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सिपबाट सुरु भएको रानी जमरा-कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गरे। स्थानीय सहभागिता र सरकारको समन्वयबाट यो सफलताको जग खडा भएको उनको तर्क छ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना चाँडो सक्न सम्बद्ध निकायलाई निर्देशन दिए।