मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १७:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजस्व छलीमा मुद्दा दायर, बिगो र जरिवाना गरी झन्डै १० करोड असुलको माग दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी ‍कसुरमा बिगो र जरिवाना गरी झन्डै १० करोड असुलको मागदाबीको मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार बुटवल ५ स्थित अजय वेंगल स्टोरले वास्तविक कारोबारको बिजक जारी नगरी मालवस्तु बिक्री गर्नुका साथै मालवस्तुको खरिद स्रोत नभएका भन्सार चोरी पैठारी गरेका मालवस्तुको कारोबार गरी करोडौँबराबरको कर छली गरेको  अनुसन्धानमा देखिएको भन्दै मुद्दा दायर गरेको छ। अजय वेंगल स्टोरका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीविरुद्ध मुद्दा दायर गरिएको हो।

राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम जारी गरिएको कर छलीसम्बन्धी अभियोगपत्रअनुसार अजय वेंल्बस स्टोरले मूल्य अभिवृद्धि कर, भन्सार महसुल तथा कारोबार लुकाई आयकरसमेत छली गरेको छ।

वास्तविक मूल्यांकनका आधारमा उक्त कारोबारमाथि लाग्ने कर रु. चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको रहेको पाइएको छ। राजस्व विभागले बिगो असुल वा जफत गर्ने प्रावधानअनुसार बिगो असुलउपर गरी बिगोको शत प्रतिशत जरिवाना गरी ९ करोड ६६ लाख ५१ हजार ७७२ रुपैयाँ असुल गर्न र कैद सजायको माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख, प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए ।

उनीहरूले  संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भीर्य तथा राजस्व चुहावट भएको रकमसमेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, बमोजिम असुलउपर, जरिवाना तथा हदैसम्मको कैद सजाय मागदाबी गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको हो।

यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै प्रकारका करहरू पनि समावेश गरिएको उल्लेख छ। राजस्व अनुसन्धान कार्यालय बुटवलले सम्बन्धित व्यवसायी अजय वेंगल स्टोरविरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम सरकारी कर छलीसम्बन्धी अभियोगपत्र शुक्रबार  दर्ता गराएको हो।