
सन् १९५३ : राष्ट्रसंघ, कोरिया र चीनका प्रतिनिधिद्वारा कोरियाको पानमुजोममा सम्झौता ।
सन् १९८० : इरानका अन्तिम साह मोहम्मद रेजा साह पहल्भीको इजिप्टको राजधानी कायरोमा निधन ।
सन् १९८५ : युगान्डाको सेनाले राष्ट्रपतिलाई ‘कु’ गरेको दिन । युगान्डाका सैन्य अधिकारी लुत्वा ओकेलाले तत्कालीन राष्ट्रपति मिल्टन ओबोटेविरुद्ध ‘कु’ गरेका थिए । ६ महिनापछि उनलाई वर्तमान राष्ट्रपति योविरी मुसेभेनिलीले सत्ताच्युत गरेका थिए ।
सन् १९९६ : एट्लान्टा ओलम्पिकमा अतिवादी हमला । सन् १९९६ मा आजकै दिन एट्लान्टाको ओलम्पिक सेन्टेनियल पार्कमा पाइप बम विस्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै १११ जना घाइते । पश्चिम जर्मनीको म्युनिखमा सन् १९७२ मा ओलम्पिक सुरु भएपछिको पहिलो अतिवादी हमला भएको थियो ।
सन् २०१२ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयद्वारा सन् २०१२ मा लन्डनमा आयोजित ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन । लन्डनले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको यो तेस्रोपटक थियो । समारोहलाई आइल्स अफ वन्डर भनिएको थियो ।