मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार १२:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १२:१o:oo

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँले घटेको हो ।    

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  गत शुक्रबार एक तोला सुनको कारोबार एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घट्दै प्रतितोला दुई हजार २९० रुपैयाँ कायम भएको छ ।