मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २५ बुधबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार १४:२७:oo

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

अर्यालले त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागीय प्रमुख भएर काम गरिसकेका छन्। उनी मौसमविद् र नास्टका प्राज्ञ पनि हुन्।

सहकुलपति शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा बनेको त्रिवि उपकुलपति सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो। जसमा अर्यालसहित निमित्त उपकुलपति प्रा.डा खड्ग केसी र विज्ञान संकायका पूर्वडिन प्रा.डा. विनिल अर्याल थिए। तीनमध्येबाट ओलीले प्रा.डा. दीपक अर्याललाई नियुक्त गरेका हुन्।