
वरिष्ठ पत्रकार तथा अध्यात्म चिन्तक आचार्य कमल रिजालको पाँचौँ औपन्यासिक कृति ‘शकुन्तला’ सार्वजनिक भएको छ। उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्याताभन्दा नितान्त भिन्नै किसिमले लेखिएको रिजालको भनाइ छ।
उपन्यासमा हिन्दु समाजमा आदिम युगदेखि कायम रहेको मातृसत्तामाथि कहिलेदेखि पितृसत्ताले कब्जा जमायो र त्यसको कारण के हो भन्नेबारे विश्लेषण गरिएको छ। उपन्यासमा पाठकले समाजमा शताब्दीयौँदेखि विभिन्न बाहनामा कायम रहँदै आएको बेथिति र वैमनस्यलाई हटाउँदै सुखी र समृद्ध समाज निर्माणको सूत्र फेला पार्ने लेखक रिजालको दाबी छ।
उपन्यासले हिन्दु संस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने प्रकाशक शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले बताए।