मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Thursday, 10 July, 2025
२o८२ असार २५ बुधबार १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरका तीनै कर्मचारीसँग धरौटी माग्ने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार १९:३६:oo

भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएका काठमाडौं महागरपालिकाका तीन कर्मचारीसँग धरौटी मागको आदेश भएको छ। गत २८ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनामाथि मुद्दा दायर गरेको थियो।

विशेषका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उपस्थित हुने निवेदनमाथि आदेश गरेको हो। अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार प्रदीप परियारसँग २५ हजार तथा वसन्त आचार्य र नमराज ढकालसँग जनही ५०-५० हजार रुपैयाँ धरौटी मागको आदेश भएको छ।

परियार महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् भने पछिल्लो समय उनी सूचना तथा प्रसारण विभागमा महानिर्देशक पदमा कार्यरत थिए। आचार्य महानगरकै १०औँ तहका अधिकृत हुन् भने ढकाल पनि सोही पदका हुन्। बुधबार उनीहरू यस मुद्दामा उपस्थित भएका छन्।

यस मुद्दामा १०औँ तहका अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, इन्जिनियर जनार्दन गिरी तथा खरिद सहायक निर्देशक उत्तम दाहाल पनि प्रतिवादी छन्। सातैजनाको मिलेमतोमा महानगरपालिकाको ठेक्का खरिद प्रक्रियामा अनियमितता भएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो।

सामाखुसी करिडोरको वसुन्धरादेखि म्हेपी खण्डमा ढल निर्माणमा अनियमितता भएको दाबी अख्तियारको छ। बदनियत राखी कानुनको अपव्याख्या गरी गलत मूल्यांकन प्रतिवेदन दिएको भन्दै मुद्दा दायर भएको हो।