
सत्तारूढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ ।
बुधबारको प्रतिनिधिसभाका लागि तय गरिएको सम्भावित कार्यसूचीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो । तर, कांग्रेसले असहमति जनाएपछि अहिले आएको कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहान भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका थिए ।