१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
तस्बिर : नेपाली सेना
रासस रसुवा
Invalid date format १o:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसुवा बाढी : नौजनाको सकुशल उद्धार

Read Time : < 1 मिनेट
रासस, रसुवा
नयाँ पत्रिका
Invalid date format १o:२६:oo

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीमा फसेका नौजनाको सकुशल उद्धार गरिएको छ। सम्पर्कविहीन भएका ३७ जनामध्ये २२ जना सुरक्षित ठाउँमा सकुशल रहेका र अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकाेप्टर तयार रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकाेप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ। हेलिकाेप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको छ।