१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २२ आइतबार १८:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सकहरूलाई वार्ताद्वारा समस्या समाधान गर्न बारको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार १८:४५:oo

नेपाल बार एसोसिएसनले वार्ताद्वारा समस्या समाधान गर्न चिकित्सकहरूलाई आग्रह गरेको छ। उपभोक्ता अदालतको फैसलापछि आन्दोलन थालेका चिकित्सकहरूलाई बारले वार्ताबाटै हल निकाल्न आग्रह गरेको हो।

उपचारमा लापरबाही गरेको मुद्दामा उपभोक्ता अदालतले अस्पतालसहित त्यहाँ कार्यरत चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि चिकित्सकहरू चरणबद्ध आन्दोलनमा छन्।

अदालतको फैसलामा ध्यानाकर्षण भएको भन्दै बार महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘अदालतबाट भएका फैसलाहरूका बारेमा  पूर्णपाठ तयार भएपछि नेपाल बार एसोसिएसनले फैसला अध्ययन समितिमार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी गराइन्छ।’

साथै, बारले मेडिकल एसोसिएसन र इन्जिनियर्स एसोसिएसनसँग पनि गम्भीर छलफल गरेको विज्ञप्तिमा उल्लेख छ।