
सिराहाको लहान नगरपालिकाले पोषण प्याकेज वितरण कार्यक्रमअन्तर्गत वडा नम्बर १६ का गर्भवती र सुत्केरी महिलालाई खाद्य सामग्री वितरण गरेको छ।
गर्भवतीको स्वास्थ्यसँगै गर्भमा रहेका शिशुलाई कुपोषणबाट जोगाउन नगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो। दुई छाक पेटभर खानसमेत नपाइरहेका विपन्न परिवारका महिलालाई नगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो। नगर प्रमुख महेशप्रसाद चौधरी, वडाध्यक्ष गडुलबहादुर जर्घामगरले आइतबार अपराह्न वडा कार्यालयपरिसरमा ४५ जना गर्भवती र सुत्केरीलाई १० किलो चामल, एक-एक किलो दाल, चना, मटर, नुन र एक लिटरका दरले खानेतेल वितरण गरेका हुन्।