१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २७ मंगलबार o७:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गरिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार o७:२७:oo

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष ०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताइएको छ ।

कार्बन अकाउन्टिङ फाइनान्सियल (पिक्याफ) पद्धतिअनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ । मूल्यांकन गरिएका पोर्टफोलियोबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन कार्बनडाइअक्साइडबराबर थियो ।

पोर्टफोलियोअनुसार व्यापार कर्जामा १९०,२९३.४२ टन, परियोजना वित्तमा (जलविद्युत्बाहेक) ७०५.५६ टन, गाडी कर्जामा १,५२८.९८ टन र घर कर्जामा ९,४८५.४६ टन कार्बन उत्सर्जन थियो ।

त्यस्तै, बैंकको जलविद्युत् परियोजनामा गरेको लगानीले अनुमानित २०,३४७.११ टनबराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्‍याएको र यसले बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानप्रतिको प्रतिबद्धतालाई थप जोड दिएको बताइएको छ । बैंकले चालू आवमा १० हजार रुख रोप्न ‘मिसन १० हजार’ पनि सञ्चालन गरेको छ । हालसम्म साढे सात हजार रुख रोपिइसकिएको बैंकले जनाएको छ ।