१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
२o८२ जेठ २७ मंगलबार १o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वृद्धाको लडेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १o:२८:oo

धनकुटामा एक वृद्धा महिलाको लडेर मृत्यु भएको छ । धनकुटा नगरपालिका– ७, समावेशी टोलकी ६१ वर्षीया वर्तकुमारी राईको लडेर मृत्यु भएको हो । उनी आफ्नै एकतले घरको छतमा चढ्ने क्रममा गएराति ९ बजे भर्‍याङमा अचानक लडी बेहोस भएकी थिइन् ।

उनलाई तत्काल जिल्ला अस्पताल धनकुटा उपचारका लागि लगिएको थियो। उपचारको क्रममा राति नै करिब १०:१६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए। 

वृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएपछि उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ। आज उनको शवलाई पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइने प्रहरीले बताएको छ ।