
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको अर्थ व्यवस्था चलायमान बनाउन सुझाव दिएका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग मंगलबार भेट गर्दै खतिवडाले नेपालको अर्थ व्यवस्था चलायमान बनाउन सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए। अर्थतन्त्रमा नकारात्मक असर पर्ने गतिविधिबाट राष्ट्र बैंक सधैँ सजग रहनुपर्ने उनको भनाइ थियो।
गभर्नर पौडेलले शिथिल अर्थतन्त्रलाई सुधार गर्न सरकारले आफूलाई जिम्मेवारी दिएकोले त्यसमा दत्तचित्त भएर लागेको बताए।