१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २७ मंगलबार १९:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १९:३७:oo

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग– २ अन्तर्गत मंगलबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३६ रनको योगफल बनाएको हो।

यद्यपि, नेपाली खेलाडीले नियम मिचेको भन्दै अम्पायरले नेदरल्यान्ड्सलाई दुईपटक ५–५ पेनाल्टी रन दिएका छन्। अहमद पटक–पटक पिचमा दौडिएको भन्दै अम्पायरले कारबाहीस्वरूप विपक्षी टिमलाई पेनाल्टी रन दिएका हुन्।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन जोडे । ८५ बल खेलेका  उनले सात चौका र दुई छक्का प्रहार गरे। भीम सार्की र रोहित पौडेलले समान ३५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १८ रन जोडेर पेभेलियन फर्किए।

यसैगरी, दीपेन्द्रसिंह ऐरी १६, बसिर अहमद र करण केसी समान ११, तथा अनिल शाह २ रन बनाएर आउट भए। सन्दीप लामिछाने २ रन जोडेर रन आउट हुँदा नन्दन यादव १० रन बनाएर नटआउट रहे।

नेदरल्यान्ड्का पल भान मिकरिनले चार, माइकल लेभिटले तीन र आर्यन दत्तले एक विकेट लिए।