१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २७ मंगलबार o९:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति यादव  र भण्डारीले अहिले लिइरहेका छन् यी सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार o९:२१:oo

मन्त्रिपरिषद्काे निर्णयका आधारमा हाल पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्या भण्डारीले मासिक ५० हजार भत्ता (वृत्ति) बुझ्दै आएका छन् । आफ्नो घर हुँदाहुँदै यादव अहिले मासिक एक लाख ९२ हजार तिर्नुपर्ने भाडाको घरमा बसिरहेका छन्, जसको भुक्तानी गृह मन्त्रालयले गर्छ । उनले आफ्नो घर सानो भएको कारण देखाएका छन् ।

पूर्वराष्ट्रपति भण्डारी भने छोरीको घरमा बस्दै आएकी छिन् । उनले सरकारबाट घरभाडा त लिएकी छैनन्, तर सुरक्षाकर्मीका लागि भनेर छुट्टै घरको भाडाबापत मासिक एक लाख गृहबाट बुझिरहेकी छिन् ।

जबकि सुरक्षाकर्मीका लागि छुट्टै घरभाडा तिर्न मिल्ने प्रावधान नै छैन । दुवै पूर्वराष्ट्रपतिले सचिवालयका रूपमा उपसचिवस्तरको एक स्वकीय सचिव, एक कार्यालय सहयोगी र एक सवारीचालकको सुविधा पनि सरकारबाट लिइरहेका छन् । 

त्यस्तै, पूर्वउपराष्ट्रपतिद्वय परमानन्द झा र नन्दबहादुर पुनलाई सरकारले हाल गाडी र चालकको सुविधा मात्रै दिँदै आएको छ । अन्य सुविधा छैन । 

पूर्वविशिष्टको सेवासुविधा बढाएर तयार गरिएको विधेयक गृहबाट अर्थमा