१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Wednesday, 04 June, 2025
२o८२ जेठ २० मंगलबार १o:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाले बनायो बर्दादेवीमा हेलिप्याड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १o:४६:oo

अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित बर्दादेवीमा नेपाली सेनाको गोरख बक्स गण मंगलसेनले हेलिप्याड बनाएर गाउँपालिकालाई हस्तान्त्रण गरेको छ। यो सदरमुकामबाहिरको पहिलो व्यवस्थित हेलिप्याड हो । 

पर्यटन प्रवर्द्धनको मुख्य लक्ष्यका साथ भ्युटावरजस्तो देखिने जयगढको बर्दादेवी डाँडामा निर्माण गरिएको यो हेलिप्याड विपत् तथा आपतकालीन समयमा उद्धारसँगै प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट राहत सामग्री ढुवानी गर्नुका साथै नागरिक–सैनिक सम्बन्धलाई मजबुद बनाउने उद्देश्यका साथ निर्माण गरिएको गणपति प्रमुख सेनानी संगम अधिकारीले जानकारी दिए ।

‘पर्यटनसँगै भविष्यमा आइपर्ने विपत्, स्वास्थ्यसम्बन्धी जटिलता, राष्ट्रपति हवाई उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई साधनबाट उद्धारसँगै राहत सामग्री ढुवानीमा सहजता ल्याउन हेलिप्याड निर्माण गरिएको हो,’ गणपति अधिकारीले भने।  

छुटाउनुभयो की ?