१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २० मंगलबार o८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुर्तीजन्य पदार्थको लत त्याग्न ११३२ मा फोन गर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार o८:११:oo

के तपाईंलाई चुरोट वा सुर्तीको तलतल लागिरहन्छ ? वा यसको जोखिम थाहा हुँदाहुँदै पनि छाड्न सकिरहनुभएको छैन ? यस्तो समस्या हो भने अब एक कल फोनले तपाईंको बानीमा परिवर्तन ल्याउनेछ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । ११३२ मा फोन गरेर चुरोट वा अन्य सुर्तीजन्य पदार्थ छाड्नेबारे परामर्श लिन सकिनेछ । परामर्शदाताले सुर्तीजन्य पदार्थको लत छाड्न आवश्यक बाटो देखाउनेछन् ।

त्यहाँ तपाईंको कुनै ठेगाना खुलाइनेछैन । यो टोल फ्री नम्बर शनिबारदेखि सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख केशव पण्डितले बताए । क्यान्सरको जोखिम मानिने सुर्तीजन्य पदार्थ सेवन कम गर्न सेवा सञ्चालनमा ल्याएको उनले बताए । 

छुटाउनुभयो की ?