Skip This
गृहमन्त्रीबारे सांसद दाहाल– अभियुक्तले बयान दिन्छ, जवाफ होइन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 30 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीबारे सांसद दाहाल– अभियुक्तले बयान दिन्छ, जवाफ होइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२१:oo

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकको राजीनामा आफूहरूको एकसूत्रीय  माग रहेको बताएका छन्।

संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसद दाहालले अभियुक्तले जवाफ नभई अख्तियारसमक्ष बयान दिनुपर्ने प्रस्ट्याए। गृहमन्त्री लेखकको राजीनामाबाहेक आफूहरूको अन्य माग नरहेको उनको भनाइ छ।

‘माननीय गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले बयान दिने हो, जवाफ दिने होइन । किनभने उहाँ अब अभियुक्त हुनुभयो । अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनको कठघरामा गएर अख्तियारले बोलाएको वेलामा गएर बयान दिने,’ उनले भने, ‘जवाफ दिने होइन, राजीनामा दिनुपर्छ । राजीनामा हाम्रो प्रस्ट माग छ, त्यभन्दा दायाँबायाँ थाहा छैन।’