
पश्चिम नवलपरासीको सुनवलमा पोखरीमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एकैघरका दुई दाजुभाइको मृत्यु भएको हो। पोखरीमा नुहाउन गएका दाजुभाइ पोखरीमा डुबेर बेपत्ता भएको र पछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ।
सुनवल नगरपालिका ६ विसासयनिवासी विष्णु कुँवरका दुई छोरा ११ वर्षीय विप्सन कुँवर र ८वर्षीय दिप्सन कुँवरको मृत्यु भएको हो। दाजु कक्षा ४ र भाइ कक्षा २ मा अध्ययनरत थिए। उनीहरू सुनवल ६, सगरमाथा टोलमा रहेको पोखरीमा नुहाउन गएका हुन्। प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।