१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २० शनिबार २१:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद

पोखरा स्पोर्टस् अवार्ड : सुटिङकी भगवतीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार २१:४३:oo

ओलम्पियन भगवती खत्री केसीलाई पोखरा स्पोर्टस् अवार्ड ०८१ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल संघ-संस्था वा क्लबको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई दिइने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा २६ वैशाखमा हुने नवाैँ संस्करणको पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वितरण गरिने सात विधामध्ये भगवती र म्याग्दीले अवार्ड पाउने भएका हुन् ।

अवार्ड छनोट समितिले गरेको सिफारिस आयोजक मञ्चको कार्यसमिति बैठकले अनुमोदन गरेको आयोजक मञ्चका अध्यक्ष एमबी आस्था मगरले जानकारी दिए। 
बागलुङकी सुटिङकी भगवतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसकेकी छिन् भने ०५१ सालदेखि गण्डकी प्रदेशमा निःशुल्क प्रशिक्षण दिँदै आएकी छिन्। 

भगवतीले अन्तर्राष्ट्रियतर्फ इन्डोनेसियामा सन् १९९५ मा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिपमा सहभागी जनाएकी थिइन्। यस्तै, सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौँ साफ गेममा सहभागी, सन् १९९७ मा भारतको न्यू दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिपमा टिम तेस्रो, थाइल्यान्डको बैंककमा सन् १९९८ मा सम्पन्न १३औँ एसियन गेमबाट ओलम्पिकका लागि छनोट, काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौँ साफ गेममा सहभागी, सिड्नीमा सन् २००० मा सम्पन्न २७औँ ओलम्पिक गेममा राष्ट्रिय रेकर्ड कायम, पाकिस्तानमा सन् २००० मा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप सहभागी, कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औँ साउथ एसियन गेममा सहभागी भएकी थिइन्।

यसैगरी, राष्ट्रिय प्रतियोगिताहरूतर्फ नवौँ राष्ट्रिय महिला सुटिङ प्रतियोगिता ०४८ मा प्रथम, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता ०५१ मा प्रथम, १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता ०५३ मा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगिता ०५१ मा प्रथम, चौथौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ०५५ मा प्रथम, पाँचौ राष्ट्रिय प्रतियोगिता ०६५ दोस्रो स्थान हात पारेकी थिइन्।

भगवतीले दोहा कतारमा सन् ००६ मा सम्पन्न १५औँ एसियन गेममा डिप्लोमा, सन् २००७ मा कुवेतमा सम्पन्न ११औँ एसियन च्याम्पियनसिपमा डिप्लोमा, ०५७ मा गोरखा दक्षिण बाहु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गरेबापत ०६३ मा सरकारले उत्कृष्ट खेलाडी घोषित गरेको थियो।

यसैगरी, उत्कृष्ट खेलकुद संस्थाको अवार्डका लागि छनोट भएको म्याग्दी जिल्ला भलिबल संघ ०६१ सालमा गठन भएको हो। हाल संघका अध्यक्ष तेजेन्द्र बानियाँ छन्। भलिबलका लागि उर्बर भूमि म्याग्दीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडीसँगै प्रशिक्षक, रेफ्री उत्पादन भइसकेका छन्। 

सात विधामध्ये लाइफटाइम अचिभमेन्टसँगै वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ-संस्था वा क्लब, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन्। 

जसअन्तर्गत वर्ष खेलाडी पुरुषका लागि फुटबलका सुमित श्रेष्ठ (कास्की), टेनिसका प्रदीप खड्का (कास्की),  भलिबलका विश्वास अधिकारी (नवलपुर)। वर्ष खेलाडी महिलातर्फ फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा), भलिबलकी अरुणा शाही (म्याग्दी), आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बाग्लुङ) छन्। उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी (कास्की), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), एथलेटिक्सका बादल कार्की (बाग्लुङ) रहेका छन् भने उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) रहेका छन्। उनीहरूबाट उत्कृष्ट एकजना छनोट २६ वैशाखमा हुने कार्यक्रममा अवार्ड वितरण गरिनेछ।