१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार o९:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सामुदायिक वनमा कुहिएर जाने काठको सदुपयोग हुनुपर्छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o९:४६:oo

सामुदायिक बनको काठ त्यतिकै खेर गइरहेको छ । कानुनी रुपमा झनझट हुँदा कुहिएर खेर गइरहेको अबस्थाका काठ रहेको भन्दै यसलाई सदुपयोग गरेमा आम्दानी गर्न सकिन्छ । त्यसका लागि दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड २०८१ आएको छ । यो सँगै अब काठ कुहिएर जाने अबस्था नआउने वन विज्ञ डा. सिन्दु प्रसाद ढुंगानाले बताए । ‘वनमा काठ कुहिएर जाने अवस्था छ, हामीले वनबाट आम्दानी पनि लिन सकेका छैनौं’,उनले भने “दिगो वन व्यवस्थापन मापदण्ड बनेकाले अब भने त्यो काठ सदुपयोग होला ।’

नेपालमा २०/२२ करोड क्यूफिट काठ उत्पादन गर्न सकिने भएपनि अहिले न्यून मात्रामा काठ उत्पादन हुने गरेको छ । नेपाल बनजंगलका हिसाबले धनी देश भएपनि यहाँको काठलाई सदुपयोग गर्न नसकिएको उनको भनाइ थियो । अहिले पनि बाहिरबाट काठ ल्याएर नेपालमा प्रयोग गर्ने गरिएको भन्दै यदि २०/२२ करोड क्यूफिट काठ नेपालमै उत्पादन गर्न सकियो भने ६ करोड क्युफिट काठ नेपालमा प्रयोग गर्ने र बाँकी काठ निर्यात गर्न सकिने उनको भनाइ थियो ।

यसअघि वैज्ञानिक वन व्यवस्थापनको कार्य हुँदा प्रभावकारी नभएपनि अब भने  दीगो वन व्यवस्थापनमार्फत वेवस्थित भएमा नेपालको काठबाट आम्दानी लिन सकिने सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी पूर्वध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य भारती पाठकले बताइन् ।

नेपालमा सामुदायिक वन संरक्षणकाा लगि सबै तहका सरकारबाट ३० अर्ब बढि बजेट बिनियोजन हुने गरेको भएपनि वनबाट भने दुई अर्ब जति मात्रै आम्दानी हुने लिने गरिएको भन्दै यो निकै न्यून रहेको उनले बताइन् ।  शुक्रबार दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेशस्तरीय स्थानीय वन संवादमा उनले यस्तो बताइन् ।

साथै वनलाई व्यवस्थापन गर्ने सन्दर्भमा वनका रुख मात्रै काट्ने भन्दा पनि रुख काटेका ठाउँमा वृक्षारोपन गर्ने कार्य पनि गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । नेपाल सरकार वन तथा वातारण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रको आयोजनामा उक्त कार्यक्रम भएको हो । त्यस अवसरमा विभिन्नि सामुदायिक वनका पदाधिकारी, वनसँग सम्बन्धित सरोकारवाला, जनप्रतिनिधिहरुलगायतको सहभागिता थियो । त्यस अवसरमा सहभागीहरुले वनमा खेर गइरहेको काठलाई सही सदुपयोग गर्न सकेमा नेपालमै आम्दानी गर्न सकिने कुरामा जोड दिएका थिए ।