१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार

पिसाब फेर्ने विवादमा परोपकार पुलमुनि छुरा हानेर एकको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १३:२९:oo

काठमाडौं महानगरपालिका– २० स्थित परोपकार पुलमुनि छुरा हानेर एक व्यक्तिको हत्या भएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– १० घर भएका माइला भनिने विक्रम तामाङको छुरा हानेर हत्या भएको हो। हत्यामा संलग्न सिन्धुपाल्चोकको चौतारा साँगाचोक– ७ घर भई हाल डल्लु बस्ने आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार घटना १६ वैशाखको बिहान साढे ११ बजे भएको हो । पुलमुनि पिसाब फेर्ने क्रममा विक्रमले आशिषलाई गाली गरेका थिए। सोही विषयमा विवाद हुँदा उनले झोलामा बोकेको चक्कु निकालेर प्रहार गरेका थिए। गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको थियो।

प्राविधिक अनुसन्धानको क्रममा घटनामा संलग्न श्रेष्ठलाई पक्राउ गरिएको जनसेवा वृत्तका डिएसपी कृष्ण चन्दले बताए। घटनामा प्रयोग भएको चक्कुसमेत प्रहरीले बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जनसेवा वृत्तले आरोपीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो।  भारी बोक्ने काम गर्ने मृतक व्यक्ति परोपकार पुल आसपास बस्दै आएका थिए।