१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकासे कार्यकर्ताको रूपमा सांसदको भूमिका परिवर्तन नहुँदा मूल भूमिकामा केन्द्रित हुन सकिएन : श्याम घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूको भूमिका परिवर्तन नहुँदा जनतामा संसद् र सांसदप्रतिको धारणा परिवर्तन नभएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले विकासे कार्यकर्ताको स्वरूपमा सांसदको भूमिका परिवर्तन नहुँदा व्यवस्थापिकाको कामबारे बुझाउन नसकिएको धारणा राखे।

‘नेपालको संविधानले परिकल्पना गरेको व्यवस्थापिकाको मूल काम भनेको सरकार निर्माण गर्ने, विधायनसम्बन्धी काम गर्ने, बजेट निर्माण गर्ने एवं सरकारको नीति तथा कार्यक्रमलाई पारित गर्ने नै हो। तर, परम्परागत रूपमा चल्दै आएको विकासे कार्यकर्ताको स्वरूपमा सांसदको भूमिकामा परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा, संसद्को मूल भूमिकामा केन्द्रित हुन सकेको छैन,’ उनले भने ।

नेपालको संविधानलाई पूर्ण कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउन सयौँ कानुनको निर्माण आवश्यक रहेको बताए। विधि निर्माणको प्रकृयागत ढिलाइका कारण शिक्षक तथा चिकित्सकहरु आन्दोलित भएका उल्लेख गर्दै उनले विधेयक टेबलभएपछि पारित भइसक्नुपर्ने अवधिबारे स्पष्ट व्यवस्था गर्न प्रस्ताव गरे।

घिमिरेले भने, ‘मेरो विचारमा एउटा विधेयक संसदमा टेबुल भएपछि त्यसको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी छ। यसका लागि राष्ट्रिय सभामा जस्तै प्रतिनिधिसभामा पनि विधेयक पारित गर्ने निश्चित अवधि तोक्न आवश्यक छ।’