१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
फ्रेममा सजाइएको सोनिसको उद्धार गरिएको तस्बिर पनि १० वर्षअघि अमुल थापाले नै खिचेका हुन्
अमुल थापा काठमाडाैं
२o८२ बैशाख १३ शनिबार o६:१८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फोटो देखाउने र फोटोमा देखिने सोनिस

जो चार महिनाको छँदा ०७२ को भूकम्पमा भत्किएको घरभित्र २२ घण्टा पुरिएका थिए

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार o६:१८:oo

फ्रेममा सजाइएको बालकको धुलाम्य तस्बिर र उक्त तस्बिर देखाउने बालक एउटै हुन्, भक्तपुर व्यासीका सोनिस अवाल । फ्रेमको तस्बिर उनी चार महिनाको छँदा १२ वैशाख ०७२ को भूकम्पमा भत्किएको आफ्नै घरभित्र पुरिएर २२ घण्टामा उद्धार गरेपछिको हो ।

अहिले १० वर्ष चार महिनाका सोनिस कक्षा पाँचमा पढ्ने भएका छन् । भूकम्पमा परेको घटनाबारे अभिभावकले उनलाई सबै बताएका छन् । उनले भूकम्पबाट बच्ने उपायसमेत सिकिसकेका छन् । ‘म कसरी पुरिएको भनेर ममीले मलाई ठुलो भएपछि भन्नुभयो । त्यतिवेला म सुतिरहेको थिएँ रे, दिदीले टिभी हेर्दै अचानक बत्ती निभ्यो, घर हल्लियो, त्यसपछि घर नै भत्कियो रे,’ उनले भने । 

सेनाले उद्धार गरेको सोनिसलाई अहिले सेनाले नै पढाइदिएको छ । पढाइमा जेहेनदार र अब्बल उनी फुटबलर बन्न चाहन्छन् । आफूलाई रोनाल्डोको ‘फ्यान’ बताउँछन् । भाग्यले बाँचेको छोरालाई असल बाटोमा हिँडाउने पहल आमा रश्मिलाको छ । ‘घर ध्वस्त भयो, धन्न मानवीय क्षति भएन,’ उनले त्यो त्रासदी सम्झिँदै भनिन्, ‘सोनिस हुर्किँदै छ, अब उसलाई असल बाटोमा हिँडाउनु छ ।’