१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाली चिकित्सक बोहराले जितिन् अमेरिकाको प्रतिष्ठित पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१३:oo

नेपाली चिकित्स डा. रिया बोहराले एसिपी ओस्लर कप जितेकी छिन् । अमेरिकामा कार्यरत डा. बोहरा सन् २०२५ को अमेरिकन कलेजन अफ फिजिसियन (एसिपी) डक्टर्स डिलेमा प्रतियोगितामा ओस्लर कप अवार्ड २०२५ जित्ने पहिलो नेपाली बनेकी छिन् ।

प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र अमेरिकालगायतका देशका ६० उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीले भाग लिएका थिए ।

तीन दिनसम्म चलेको प्रतियोगितामा प्रतिस्पर्धीले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीमा सहभागिता जनाएका थिए ।

डा. बोहराले अमेरिकन कलेज अफ म्यासाचुसेट्स च्याप्ट र सेन्टर भिन्सेन्ट हस्पिटलको प्रतिनिधित्व गरेकी थिइन् ।