
आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदै छ । आजै ‘इन्टरनेसनल गर्ल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेसनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ ।
विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो । विश्व स्वास्थ्य संगठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।
बालकदेखि वृद्धसम्मलाई रोग प्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरूलाई एचपिभीबाट जोगाउँछ । ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदै छ ।
सूचना प्रविधिको क्षेत्रमा केटीहरूलाई पनि समान रूपमा अवसर दिनुपर्ने जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रूपमा उपस्थित भएर तथा श्रव्यदृश्यका माध्यमबाट छलफल गरिनेछ ।
अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्याउँदै विश्वका १४४ राष्ट्रका सरकारप्रमुख एवं प्रतिनिधिले अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।