१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख ११ बिहीबार १४:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वन्यजन्तुबाट जोगिन निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १४:४५:oo

वन्यजन्तुको आक्रमणबाट जोगिनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च वितरण गरिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले भीमदत्त नगरपालिकाका निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च वितरण गरेको हो । सिद्धनाथ विज्ञान क्याम्पस प्राणीशास्त्र विभागका उपप्राध्यापक डा. बलराम अवस्थीले निकुञ्जबाट गाउँबस्तीमा प्रवेश गर्ने हात्ती, बाघलगायतका जनावारबाट बाँच्न र वन्यजन्तुले  अन्नबालीमा क्षति पुर्‍याउने कार्य रोक्न टर्च वितरण  गरिएको बताए । उनका अनुसार रर्फडको आर्थिक सहयोगमा मानव–हात्ती द्वन्द्व न्यूनीकरण परियोजनामार्फत टर्च वितरण  गरिएको बताए ।

बिहीबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापनका अध्यक्ष लव विष्टलाई लामो दूरीसम्म उज्यालो देखिने टर्च वितरण गरिएको छ । यसअघि बेदकोट नगरपालिका क्षेत्रका किसानलाई टर्च वितरण गरिएको थियो ।यसैबिच बिहीबार मानव–हात्ती सहअस्तित्व र वैकल्पिक जीपिकोपार्जनसम्बन्धी स्थानीयसँग छलफल पनि गरिएको छ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण परियोजना संयोजकसमेत रहेका  सिद्धनाथ विज्ञान क्याम्पसमा उपप्राध्यापक डा. बलराम अवस्थीले कञ्चनपुुुरमा पछिल्ला वर्षहरूमा हात्तीसहितका ठुला जनावरबाट मानिसदेखि अन्नबाली, भौतिक संरचनामा क्षति पुर्‍याउन थालेपछि  मानव–वन्यजन्तुबिच द्वन्द्व न्यूनीकरणका  लागि समुदायसँग  सचेतना कार्यक्रम  गरिएको छ । 

राष्ट्रिय प्राकृतिक सरक्षण कोषका प्रमुख संरक्षण अधिकृत लक्ष्मीराज जोशीले निकुञ्जको कोर एसिया र बबरजोनबिच दूरी नभई बस्ती भएकाले कञ्चनपुरमा  मानव–वन्यजन्तुबिच द्वन्द्वका घटना बढिरहेको बताए । ‘कोर एरियासँगै बफरजोन हुनुपर्ने हो, तर यहाँ छैन, सिधै बस्ती नै छ,’ उनले भने, ‘त्यसैले मानव–वन्यजन्तुका घटना बढिरहेका छन्, रोक्नका लागि सरोकारवाला सचेत  हुनुपर्नेछ ।’ सिद्धनाथ विज्ञान  क्याम्पस प्रमुख गजराम दमाईंले प्राकृतिक सन्तुलन नहुँदा द्वन्द्वका घटना बढिरहेकोे बताउँदै न्यूनीकरणमा जोड दिएका छन् ।

शुक्लाफाँटा  राष्ट्रिय निकुञ्जका  सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले वन्यजन्तुबाट मानव र बस्तीमाथि हुने क्षति न्यूनीकरणका  लागि निकुञ्ज प्रशासनले थुप्रै कार्यक्रम गरेको बताए । वन्यजन्तुबाट बाँच्नका लागि उनले अब  वन्यजन्तुले उपभोग नगर्ने खेतीबाली लगाउनुपर्नेमा जोड दिएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्टले प्राप्त टर्च किसानलाई आवश्यकका आधारमा वितरण गरिने बताए । वन्यजन्तुको वासस्थान खुम्चिँदै गएपछि द्वन्द्व बढिरहेको भन्दै न्यूनीकरणमा  जोड दिएका छन् ।